Copied-एक दिनमै एक लाख जम्मा!!परिवर्तनका लागि युवा अभियान – जाजरकोटले 13 महिने बालिका SIYONA SHRESTHA को उपचारका लागि भनेर रकम सङ्कलन गर्नलाई जाजरकोट सदरमुकाम खलङ्गाका चार ठाउँ गैरिखाली, शान्तिचौतारा, ठाँटि र तल्लो थाप्लेमा चिया स्टल राखेर #SaveSiyona-ChiyaaForACause भन्ने अभियान/कार्यक्रम चलाएको थियो। सो एक दिने रकम सङ्कलन कार्यक्रममा नै हाम्रो यस अभियानले चार ठाउँमा रहेका चिया स्टलबाट कुल 1,03,190/- रुपैँया जम्मा गरेको छ। प्रत्येक चिया स्टलले जम्मा गरेको रकम निम्नानुसार छ :क) चिया स्टल – गैरिखाली (रू:57,615/-)ख) चिया स्टल – ठाँटि (रु:26,935/-)ग) चिया स्टल – शान्तिचौतारा (रु:9,125/-)घ) चिया स्टल – तल्लो थाप्ले (रु:9,015/-)हाम्रो अभियानले चलाएको उक्त आयोजनामा सहभागी भएर सहयोग गरिदिनुहुने सम्पूर्ण मनकारी जिल्लावासीहरुमा हार्दिक नमन तथा धन्यवाद छ। यहाँहरुको यो अमूल्य सहयोगले गर्दा नै हामीले एक दिनमै यति धेरै रकम सङ्कलन गर्न सफल भएका छौँ। र आज बेलुका बसेको यस परिवर्तनका लागि युवा अभियानले सम्पूर्ण अभियानकर्ता हरु बाट रु ५०० का दरले उठाउने भनेर निर्णय पनि गरेको छ। सकेसम्म भोलि सम्म सबै अभियानकर्ता लाई सहयोगको लागि अनुरोध गर्दछु। साथै यो पैसा Siyona Shrestha को बैंक खाता या e-sewa मार्फत हस्तान्तरण गरिनेछ, साथै मिति २०७७/०७/०७ गतेका दिन प्रेस भेला भै सम्पूर्ण विवरण प्रस्ट्याउने बेहोरा नि यसै सूचना मार्फत जानकारी गराउँछु!!!स्थान sunrise cottage ठाँटी समय बिहान 8 बजे!!परिवर्तनका लागि युवा अभियान!!
Previous posts on their group
Source-
Bichitra Bibek Shresthaपरिबर्तनको लागी युवा अभियान❤️
परिवर्तनका लागि युवा अभियान द्वारा संचालित “Siyona बचाउ अभियान” #savesiyona लाई आफूले सक्ने जति दान गरेर सहोयाग गरेकोमा सबैलाई परिवर्तनका लागि युवा अभियान हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। यस जिल्लाबासी सम्पूर्णलाई र सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं। Siyona Shrestha जो एक नाबालिका एक दुर्लभ रोगसँग लडिरहेकी छिन् उनको स्वस्थ उपचारका निम्ति सुरु गरेको अभियान Siyona बचाउ अभियान ‘चिया for cause’ सदरमुकामका विभिन्न ठाउँमा रहेको थियो, जसमा धेरैले धेरै सहयोग गर्नुभएको छ। आज परिवर्तनका लागि युवा अभियान ले सञ्चालन गरेको Siyona बचाउ अभियान ‘चिया for cause’ ले विभिन्न ठाउँ शन्तिचौतरा बसपार्क, गैरिखाली, ठाँटी र थाप्लेले उठाएको रकम यस प्रकार छ:गैरीखालि टीम 38,000 (भन्दा बढी)ठाँटी शन्तीचौतरा 9110 ( करिब)ठाँटी टीम 21000 (करिब)थाप्ले टीम 9000 (करिब)यस सँगै बिहान पहिलो चरणमा 80000 भन्दा बढी उठेको छ।यो माथि उल्लेखित विवरण बिहान पहिलो चरण 7-10 बजेको हो भने हाम्रो दोश्रो चरण पनि सञ्चालन हुनेछ। पूर्ण विवरण हामी दोश्रो चरणमा उठेको रकम पछि भन्नेछौं।र अझै यहाँहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं।सक्नेले मात्र हैन सबैले सक्ने गरेर सहयोग गरौं।
The groups facebook id is here-
https://www.facebook.com/groups/100327980461508
Categories: Uncategorized
Leave a Reply